नोभेम्वर रेन’को टोलीले दर्शकसँग होली खेल्ने ।
‘खुशी बाडौ रंगसँग, जिवनको रंग बदलिनेछ
पिडा पोखौ पानीसँग, आशु आफै पखालिनेछ ।
यसपालीको होली नोभेम्बर रेनको साथमा’
यही चैत्र १४ गतेबाट प्रर्दशनमा आउन लगेको चलचित्र ‘नोभेम्बर रेन’को टोलीले यसपालीको होली दर्शकहरुसँग मनाउने निधो गरेको छ । नोभेम्बर रेनका निर्माता सुवास गिरीको अफिस सुवास इन्टरटेन्मेन्ट विजुलीबजार काठमाण्डौंमा चलचित्रको टोलीले चैत्र १ गते दर्शकसँग हाली खेल्नेछ भने २ र ३ गने राजधानी बाहिर होली खेल्ने योजना बनाईएको निर्देशक दिनेश राउत जानकारी दिन्छन् ।
निर्देशक राउतका अनुसार चलचित्र ‘नोभेम्बर रेन’ लेखिएको टिसर्ट र पोष्टर सहित होली खेल्न धरान, दमक, पोखरा हेटौडा, नारायणगढ, धनगढी लगायतका ठाऊहरुमा स्थानियहरु सहितको टोली बनाईएको छ ।
नायक आर्यन सिग्देल भने पोखरामा ‘नोभेम्बर रेन’को प्रचार गर्दै होली खेल्नेछन । ‘भ्याएसम्म चलचित्रका सम्पुर्ण कलाकारहरुलाई देशभरि परिचालन गर्ने योजना छ’, निर्देशक राउत भन्छन ‘दर्शकसँग सामिप्यता बढाउन र चलचित्रको प्रोमोसनमा यसले पार्ने प्रभावलाई मध्यनजर राख्दै होली खेल्न लागिएको हो ।’
चैत्र १ गते सुवास इन्टरटेन्मेन्टको अफिसमा खेलिने होलीलाई क्यमेरामा कैद गरेर पछि फिल्मी टेलिभिजन कार्यक्रमहरुबाट प्रसारण गरिने योजना रहेको पनि निर्देशकले बताएका छन् ।
चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी ‘मेरो एउटा साथी छ’ पश्चात धेरै बर्ष पछि सँगै देखिदैछन । चलचित्रमा छुल्ठिम गुरुङ्गले पनि अभिनय गरेकी छिन् । चलचित्रलाई नायक आर्यन सिग्देल र सुवास गिरीले मिलेर बनाएका हुन् ।
For More videos Log on to Mazzako TV