‘ठमेल बजार’ गीतबाट चर्चित भएकी एलिशा राईको चर्चा पनि बढेसंगै व्यस्तता पनि बढेको छ । उनै एलिशाको अभिनय रहेको ‘मायामा रियाक्सन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको गीतमा शब्द र संगीत भिम बिसीको रहेको छ ।

क्रान्ति केसीको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । यस भिडियोमा एलिशा राईसंगै जेम्स बिसीको अभिनय रहेको छ । भिडियोमा मायामा हुने सम्बन्धलाई देखाउँन खोजिएको निर्देश केसीले बताए ।

 

For More videos Log on to Mazzako TV