अभिनेता सुशिल श्रेष्ठ र अभिनेत्री बर्षा सिवाकोटीलाई अहिले करिअरको खुबै चिन्ता छ । कारण, असार १६ गते रिलिज हुन लागेको फिल्म ‘कारखाना’को व्यापार गतिलो नभएको खण्डमा करिअरमा ठूलो समस्या आइपर्ने यी दुबैलाई थाहा छ ।
यो कुरामा बर्षा अझ चिन्तित देखिएकी छिन् । सुरुवातमा करिअरसँग खासै मतलब नगरेकी बर्षाले अहिले बल्ल वुझेको हुनुपर्छ । सायद, यही भएर पनि उनी अहिले  सुशिलसँग आफ्नै तरिकाले प्रचारमा अगाडि दौडिरहेकी छिन् ।

यो फिल्म निर्माता र निर्देशकको कारण चेपुवामा परेको छ । यसैले, कलाकार निर्माता र निर्देशकको लडाइको विचमा अल्झिएका छन् । फिल्मको छायांकनका क्रममा निकै दुख गरेका सुशिल र बर्षाले त्यस्तै दुख अहिले फिल्मको प्रचारमा पनि गरिरहेका छन् । के यी दुइको दुख सुखमा बदलिएला त ?

For More videos Log on to Mazzako TV