फिल्म ‘आभाष’ डेब्यू अभिनेत्री हुन्, आश्मा डीसी । नेपाली फिल्म क्षेत्रमा भन्दा मिडियामा उनलाई दर्शकले राम्रोसँग चिन्छन् । ‘आभाष र राप्यारी’ पछि आश्माको हातमा फिल्म छैन । फिल्म नपाएपछि उनी नेपाली फिल्म नगरिमा अरु नै अवतारमाझ देखिने तयारीमा छिन् ।
आश्माले किन फिल्म नगरेकी हुन् त ? यो बिषयमा आश्मा भन्छिन्–‘सुरुमा त फिल्मको अफर आएको थियो । तर, म कथा धेरै छान्नतिर लागे । अहिले त अफर नै आउन छाडेको छ ।’ फिल्मको अफर आउन छाडेपछि आश्मा नयाँ तरिकाले यो क्षेत्रमा उदाउने तयारीमा छिन् ।

नेपाली फिल्ममा अफर आउन छाडेपछि धेरै कलाकार पलायन हुने गरेका छन् । आश्माले भने कुन रुपमा फिल्म क्षेत्रमा उदाउने हो भनेर गोप्य नै राखेकी छिन् ।

For More videos Log on to Mazzako TV