शनिबार काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘छक्का पन्जा’ले ‘कुसुमे रुमाल, व्यवसायिक चलचित्र’को विधामा पुरस्कार पाइरहँदा यो अवार्ड थाप्नका लागि यसका निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला हलमा थिएनन् । दीपा र दीपक कार्यक्रममा पुगेपनि कार्यक्रमको मध्य भागसम्म आइपुग्दा भने त्यहाँबाट निस्किसकेका थिए ।
दीपक र दीपा निस्किएपछि हलमा चर्चा सुरु भयो । फिल्म ‘छक्का पन्जा’ले पटकथा, संगीत, सम्पादन, छायांकन, कथा लगायतका कुनै पनि विधामा अवार्ड नजितेपछि दीपक र दीपा त्यहाँबाट हिडेका थिए ।

निर्देशक दीपाश्री निरौलाले आफूहरु अवार्डमा पुगेको, फिल्म ‘छक्का पन्जा २’को सम्पादनको काम पनि भैरहेकाले बिचमा निस्किएको बताइन् । तर, अन्त्यमा फिल्म ‘छक्का पन्जा’ उत्कृष्ट फिल्म बन्दा दीपाश्रीले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितिन् ।

For More videos Log on to Mazzako TV