बलिउडका चर्चित जोडी साहरुख खान र अनुष्का शर्माको फिल्म ‘जब ह्यारी मेट सेजल’का कारण २ नेपाली फिल्मको प्रदर्शन मिति सरेको छ । अगष्ट ४ अर्थात साउन २० गते यो फिल्म रिलिज हुँदैछ । यसैले, यो मितिमा प्रदर्शन मिति तोकिएका २ नेपाली फिल्म ‘भूइमान्छे र रुद्र’को प्रदर्शन मिति सारिएको हो ।
साउन २० गतेलाई प्रदर्शन मिति तोक्दै टिजर समेत सार्वजनिक गरिएको फिल्म ‘भूइमान्छे’ अब भदौ २ गते रिलिज हुने भएको छ । वितरकसँग सल्लाहा गरेरै फिल्मको मिति सारिएको बताइएको छ ।

निर्देशक नवराज वुढाथोकीका अनुसार बलिउड कलाकारको फिल्म आउँदा नेपाली फिल्मले हल पाउन मुश्किल हुने भएकाले प्रदर्शन मिति सारिएको हो । भदौ २ गते नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’ रिलिज हुँदैछ । रमेश वुढाथोकी, सिपोरा गुरुङ लगायतका कलाकारले अभिनय गरेको यो फिल्मले मुर्दा घरमा काम गर्ने एक मानिसको कथालाई उठान गरेको छ ।

For More videos Log on to Mazzako TV