बलिउड अभिनेत्री कट्रिना कैफका दुई फिल्म अहिले धमाधम निर्माण भैरहेका छन् । ‘टाइगर जिन्दा है’ र ‘जग्गा जासुस’ निर्माण भैरहेका हुन् । यो संगै कट्रिना यतिबेला आफ्ना दुई पूर्व प्रेमीहरुसँग एकसाथ नजिकिएको देखिन्छ । कारण २ फिल्मकै नायकहरु उनका पूर्वप्रेमी हुन् । ‘टाइगर जिन्दा है’ मा नायक सलमान खान छन् भने ‘जग्गा जासुस’ मा रणवीर कपुर छन् ।

कट्रिना दबै फिल्मका नायकसंगका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । हालै मात्र उनी सलमानसँग अटोमा यात्रा गर्न पुगेकी थिइन् । यसका अलावा उनले सलमानसँगको एउटा फोटो सेयर गरिन् जसको निकै चर्चा भइरहेको छ । यस फोटोमा सलमान ‘सर्टलेस’ छन् भने कट्रिना उनको पछि देखिन्छिन् । जग्गा जासूस १४ जुलाईमा रिलिज हुँदैछ भने टाइगर २२ डिसेम्बरमा ।

For More videos Log on to Mazzako TV