अभिनेता निखिल उप्रेतीलाई फिल्मको पर्दामा दर्शकले सधै नै हिरोको रुपमा देखेका छन् । अभिनेत्रीलाई भिलेनले केही गर्न लाग्दा निखिल जताबाट भएपनि बचाउन आइपुग्छन् ।

तर, अब ठ्याक्कै यसको उल्टो हुने भएको छ । अब, निखिल एक जोडीको प्रेममा भिलेन बन्ने भएका छन् । साउन १३ लाई प्रदर्शन मिति तोकेर प्रचारप्रसारमा उत्रिएको फिल्म ‘रुद्र’को काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा निखिलको द्धन्द्धात्मक पाटोलाई बढी महत्व दिइएको छ ।

रामजी लामिछानेले निर्देशनमा तयार भएको यो फिल्मलाई निखिल उप्रेती प्रोडक्शनको ब्यानर र विश्व प्रोडक्शनले मिलेर बनाएका हुन् ।
रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन रहेको फिल्म भित्र दर्शकले निखिल उप्रेती, विश्व शर्मा, सारा, रोय दीप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भाष्कर ओली, अनिल पाण्डेलाई देख्न पाउनेछन् । फिल्मको ‘रामका लागि रावण, रावणका लागि राम दुबैका लागि भिलेन थिए’ भन्ने संवाद हिट हुन सक्छ ।

For More videos Log on to Mazzako TV