वर्ष २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने संसारभरका सय सेलिब्रिटीको हरुको सुचि सार्वजनिक भएको छ । हालै फोर्ब्सले सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने सय सेलिब्रिटीको सूची जारी गरेको हो । उक्त सुचिमा बलिउड स्टारहरु शाहरुख खान, सलमान खान, अक्षय कुमार समावेश भएका छन् ।

विश्वको धेरै कमाई गर्नेको सुचि अन्तर्गत शाहरुख सबैभन्दा धेरै कमाई गर्ने भारतीय नायक हुन् । उनि ६५ औं स्थानमा परेका छन् । यस्तै, सलमान ७१ औं स्थानमा छन् भने अक्षय ८० औं स्थानमा परेका छन् । कमाईको मामलामा सलमान खान शाहरुखभन्दा ७ करोड भारु पछाडि छन् । १३० मिलियन डलरको कमाईसँगै गायक सिन ‘डिडि’ कम्स सूचीको पहिलो स्थानमा छन् । यस्तै, गायक बियोन्से नोल्स दोस्रो र जेके रोलिङले तेस्रो स्थान ओगटेका छन् । फोर्ब्सले यो सूचीमा संसारभरीका सेलिब्रिटीको जून २०१६ देखि जून २०१७ सम्मको कमाई समावेश गरेको छ ।

For More videos Log on to Mazzako TV