फिल्म ‘ए मेरो हजुर २’को शिर्ष गीत सार्वजनिक भएसँगै नव–अभिनेता सलिनमान बाँनियाको चर्चा खुबै छ । सलिनमानको यूवती फ्यान पनि ह्वात्तै बढेका छन् ।
सायद, यही कारणले पनि हुनसक्छ, सलिनको सार्वजनिक कार्यक्रममा उपस्थित मिडिया र दर्शकका लागि विशेष बन्न थालेको छ ।
काठमाण्डौमा आयोजित फिल्म ‘बाबु कान्छा’को शुभसाइत समारोहमा पनि अभिनेता बाँनिया पुगेका थिए । फिल्म ‘बाबु कान्छा’का मुख्य अभिनेता सलोन बस्नेत र सलिनको मित्रता कार्यक्रममा खुबै देखिएको थियो ।

शान्त सलिन र चुलबुले सलोनको मित्रता मिडियाका क्यामेराका लागि सर्वाधिक चासोको बिषय बनेको थियो । सलोन आफ्नो मिल्ने साथी भएकाले आफू कार्यक्रममा उपस्थित भएको सलिनले बताएका थिए ।

For More videos Log on to Mazzako TV