निर्देशक शोभित बस्नेतको निर्देशनमा फिल्म ‘बाबु कान्छा’ बन्ने भएको छ । फिल्मको आज काठमाण्डौमा शुभसाइत गरियो । शोभितकै लेखन र निर्माण रहने फिल्ममा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन नव–कलाकारको रुपमा भित्रदैछन् ।
फिल्मको शुभमुहुर्त सर्टको अभिनेत्री पूजा शर्माले निर्देशन गरिन् । यस्तै, अभिनेता सलिनमान बाँनियाले क्ल्याप हाने । फिल्मको छायांकन काठमाण्डौ, चितवन र दुबइमा छायांकन गरिनेछ । फिल्मको छायांकन भोलीबाट सुरु हुने शुभमुहुर्त कार्यक्रममा जानकारी दिइयो ।

सलोन र आफ्नो स्टाइलमा फिल्मको निर्माण हुने शोभितले जानकारी दिएका छन् ।

For More videos Log on to Mazzako TV