एउटा गीतको छायांकन असार ५ गते गर्नेगरि आजबाट फिल्म ‘छक्का पन्जा २’को छायांकन सकिदैछ । काठमाण्डौ, पाल्पा, पोखरा लगायतका स्थानमा फिल्मको छायांकन गरिएको छ ।
तर, निर्देशक दीपाश्री निरौलालाई भने एउटा कुराले तनाव भयो । उनी, फिल्मको सेटबाट तस्बिर लिक नहोस् भन्ने चाहन्थिन् । तर, उनले सोचे जस्तो भएन ।
अभिनेत्री बर्षा राउतलाई फिल्म ‘छक्का पन्जा’मा दर्शकले सारी लगाएकी गाउँकी एक महिलाको भूमिकामा देखेका थिए । तर, ‘छक्का पन्जा २’मा भने दर्शकले उनलाई विल्कुल फरक गेटअपमा देख्न पाउनेछन् ।

बर्षाको यो गेटअप अहिले नै सार्वजनिक नहोस् भन्ने दीपाको भनाई थियो । तर, बर्षा आफैले पनि सामाजिक संवाजमा फोटो हालिदिइन् । जसले निर्देशकलाई तनाव दिएको छ ।
दीपा, फोटो नहाल्नु भन्दा पनि नमानेपछि के गर्नु भन्छिन् । कलाकारलाई अब फोटो पनि अपलोड नगर्ने गरि संझौता गर्ने सोच उनमा पलाएको छ ।

For More videos Log on to Mazzako TV