अभिनेत्री नम्रता श्रेष्ठको आज जन्मदिन हो । जन्मदिनको अवसरमा नम्रतालाई उनका निकटका साथी र फिल्मीकर्मीले शुभकामना दिइरहेका छन् । नेपाली फिल्ममा नम्रताको आगमन भएको लामो समय भएको छैन । तर, उनले यो विचमा फिल्म क्षेत्रमा आफ्नो प्रभाव छाडिसकेकी छिन् । ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, पर्व’ जस्ता फिल्ममा उनले गरेको कामको राम्रो चर्चा भयो ।
नम्रता नेपाली फिल्ममा गसिपका कारणले पनि चर्चामा आउने गछिन् । विशेषगरि, नम्रताको करिअरमा एउटा ठूलो घटना घट्यो । त्यो घटनाले नम्रताको करिअरलाई केही बर्ष पछाडि धकेलिदियो ।

नम्रता फिल्ममा जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा परिचित छिन् । साथमा, नम्रताको प्रेम जीवनले पनि खुबै चर्चा पाउने गरेको छ । ‘रेमनदास श्रेष्ठ, डीजे तान्त्रिक, प्रेम घलेदेखि दावा शेर्पा’ सम्मका प्रेमले नम्रतालाई समय समयमा चर्चामा ल्याइदिन्छ । प्रेमलाई खुलेरै जीउने भएकाले पनि उनी गसिपमा बढी रमाउने गरेकी छिन् ।

नम्रता नेपाली फिल्ममा सफल अभिनेत्रीको रुपमा दहरिन्छिन् ।

For More videos Log on to Mazzako TV