‘बहुबली’ बम्पर हिट भएपछि प्रभास साउथका सबैभन्दा पपुलर स्टार बनेका छन् । उनका फ्यानहरु विश्वभर नै उत्तिकै छन् । केही अघि छुट्टी मनाउन अमेरिका भ्रमणका बेला पनि उनको क्रेज मज्जाले नै देखिएको थियो । उनको क्रेजलाई क्यास गर्दै बलिउडका चर्चित निर्देशक रोहित सेट्ठी आफ्नो आगामी प्रोजेक्टमा प्रभासलाई लिदैछन् । चर्चित पत्रिका डिएनएले यो कुरालाई पुष्टि गरेको छ ।

सबैभन्दा मज्जाको कुरा त के छ भने चलचित्रमा प्रभाससँगै बलिउडका ‘भाईजान’ सलमान खान पनि हुने बताईएको छ ।

तर, यतिबेला दुबै स्टारहरु आफ्ना आगामी चलचित्रहरुमा ब्यस्त भएकाले रोहितले केही समय कुर्नुपर्ने भएको छ । प्रभास यतिबेला चलचित्र ‘साहो’मा ब्यस्त छन् भने सलमानको ‘ट्युबलाईट’ प्रर्दशनको संघारमा छ । त्यस्तै सलमान ‘टाईगर जिन्दा है’ को सुटिङ्गमा पनि ब्यस्त छन् । त्यसपछि सलमानले आफ्नो होम प्रोडक्सनको ‘दबंग ३’ मा पनि काम गर्नेछन् ।

सलमान र प्रभासको यो ब्यस्तता हेर्दा रोहितको फिल्म २०१९ भन्दा पहिले फ्लोर ज्वाईन गर्ने सम्भावना न्युन देखिन्छ ।

 

For More videos Log on to Mazzako TV