बलिउड नायिका तथा सिरियल नायिका कृतिका चौधरी मृत अवस्थामा फेला परेकी छिन् । चर्चित सिरियल ‘परिचय’ मा समेत अभिनय गर्ने उनको मुम्बई स्थित एक अपार्टमेन्टमा शव सडेको अवस्थामा फेला परेका हो । अँधेरी अपार्टमेन्टको पाँचौ तलाबाट दुर्गन्धित हावा आउँन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । एसी चलाएर बन्द गरिएको कोठामा कृतिकाको शव भेटिएको भारतीय संचार माध्यमहरुमा उल्लेख छ ।

शरीरमा निल डाम समेत भएकाले उनको करिब ४ दिन अघि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । २३ बर्षकी उनि बलिउड फिल्म ‘रज्जो’ बाट सन् २०१३ मा डेब्यु गरेकी थिइन् । केहि टिभी कार्यक्रम र कलर्स टिभीमा प्रसारण हुने ‘परिचय’ सिरियलमा समेत उनि अभिनय गर्थिन् ।

For More videos Log on to Mazzako TV