वास्तवमा भन्ने हो भने, नेपाली फिल्मका निर्मातालाई कमजोर बनाउन निर्माता नै अग्रसर छन् । वरु हिन्दी फिल्मसँग नेपाली फिल्म जुध्दैनन्, तर नेपाली निर्मातासँग निर्माता नै लडाई गर्छन् । जसले गर्दा नेपाली फिल्मका निर्माताहरु उभो लाग्न नसकेको पक्का छ ।

अब भदौ महिनालाई नै हेरौ । यो महिनामा ५ वटा शुक्रबार पर्छन् । तर, विडम्बना कुनै पनि फिल्मले दोश्रो साता पनि विना अवरोध रिलिज हुन पाउँछु भनेर नसोचे हुन्छ । भदौ २ मा ‘ग्याङस्टार ब्लूज’ रिलिज हुनेछ ।

त्यसको ६ दिनमै अभिनेत्री नीशा अधिकारीले फिल्म ‘झ्यानाकुटी झ्याइ’को प्रदर्शन मिति तोकेकी छिन् । निशाको फिल्म रिलिज भएको एक सातापछि भदौ १६ मा ‘ए मेरो हजुर २’ रिलिज हुनेछ । यसको एक सातापछि फेरि भदौ २३ मा ‘२ रुपैयाँ’ रिलिज हुँदैछ । त्यसको एक सातामै फिल्म ‘जोनी जेन्टलम्यान’ रिलिज हुनेछ ।

यसको अर्थ, कुनै पनि फिल्मले दोश्रो साता विना अवरोध रिलिज हुन्छु भनेर नपाउने भएका छन् । एक हप्ता पनि खाली नहुँदा कुनै न कुनै फिल्मलाई घाटा हुने निश्चित छ ।

For More videos Log on to Mazzako TV