साउन २० गतेबाट रिलिज हुने भनिएको फिल्म ‘रुद्र’ साउन १३ मा सरेको छ । साउन २० गते बलिउड अभिनेता साहरुख खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ रिलिज हुने भएपछि निखिल अगाडि आएका हुन् । यो फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । यो फिल्ममा निखिल खलपात्रको भूमिकामा छन् ।
साउन १३ मा ‘प्रेमगीत २’ र ‘संरक्षण’ पनि रिलिज हुनेछन् । यसैले, अब यो मितिमा ३ वटा फिल्म रिलिज हुने देखिएको छ । रमाइलो कुरा त के छ भने, साउन १३ मा रिलिज हुन लागेको फिल्म ‘संरक्षण’मा निखिल उप्रेती नै मुख्य भूमिकामा छन् ।

यसरी हेर्दा, निखिल र निखिलकै भिडन्त हुने संभावना बढेको छ ।

For More videos Log on to Mazzako TV