एक्सन अभिनेता निखिल उप्रेतीको प्रोडक्सन ब्यानरमा बनेको फिल्म ‘रुद्र’ साउन १३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यता अर्को फिल्म ‘प्रेम गीत २’ ले साउन १३ गते प्रदर्शन मिति तोक्दै प्रचार प्रसारलाई समेत तिब्रता दिईसकेको छ । साउन २० गतेलाई प्रदर्शन मिति तोकिएको ‘रुद्र’ को नँया मिति तोकिएको वितरक गोपाल कायस्थले जानकारी दिए । कायस्थले भने-‘हामी एक हप्ता अगाडी आएका छौं ।’


यी दुई फिल्महरु बिच हलमा प्रतिस्पर्धा हुने पक्का देखिएको छ । पहिलो पटक निखिल भिलेनको रुपमा प्रस्तुत भएको फिल्म ‘रुद्र’का रामजी लामिछाने निर्देशक हुन् । फिल्ममा निखिलसँगै नव कलाकार विश्व र सारालाई को पनि मुख्य भूमिका रहेको छ । साथमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डेको अभिनय छ । सौरभ लामाको सिनेम्याटोग्राफी रहेको ‘रुद्र’ मा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV