सडक बालबालिकालाई समाजले खाते भनेर चिन्ने गर्छ । सडक बालबालिकाका बाध्यतालाई मुल कथा बनाएको फिल्म ‘डा…खाते’ साउन ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको प्रदर्शन मिति तोक्दै ट्रेलर समेत देखाइयो । सडक बालबालिकाले भोग्दै आएका समस्या फिल्म मार्फत बाहिर ल्याएको फिल्मकी निर्मात्री तथा कलाकार रोशनी केसीले बताइन् । सडक बालबालिका प्रति समाज अनि सरकारको ध्यान पुग्ने गरी फिल्म बनाएको उनको दाबी छ ।


चार जना सडक बालबालिकालाई अभिनयको प्रशिक्षण दिएर फिल्म खेलाएको कास्टिङ डिरेक्टर डब्बु क्षेत्रीले बताए । रविराज आर्यालको निर्देशन रहेको फिल्म ‘डा…खाते’ मा प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार, सम्राट सामकोटा, रोशनी केसी, विजय देउजा, जिमी ओस्टुमको मुख्य भूमिका रहेको छ । फिल्ममा नायिका शिल्पा पोखरेल गेष्ट भूमिकामा छिन् । फिल्मको केही देशहरुमा विशेष शो समेत भैसकेको छ । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV