बलिउड अभिनेता साहरुख खान तथा अभिनेत्री ऐश्वर्या राय अभिनित फिल्म ‘देवदास’ २००२ मा रिलिज भएको थियो । ‘देवदास’ रिलिज भएको १५ वर्ष पुरा भैसकेको छ । साहरुख र ऐश्वर्या अभिनित ‘देवदास’ ले दर्शकको मन जितेका थियो । अब यो फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले ‘देवदास’ लाई थ्रीडीमा प्रदर्शन गर्ने योजनामा रहेको बताएका छन् ।

निर्देशक भन्सालीका अनुसार थ्रीडी भर्सनलाई अन्तराष्ट्रिय बजारमा प्रदर्शन गर्ने योजना छ । ‘मलाई विश्वास छ अन्तराष्ट्रिय बजारमा ‘बाहुबली’ले जुन रेकर्ड कायम गरेको थियो, देवदासले त्यो रेकर्ड तोड्ने छ ।’

For More videos Log on to Mazzako TV