अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’को रिलिज डेटको बारेमा विभिन्न खालका चर्चा हुँदै आएका छन् । भदौ ८ देखि सुरु भएको फिल्मको रिलिज डेट बहस असोज ११ हुँदै अब कात्तिक ३ मा पुगेको छ ।

आखिर, यो फिल्म कहिले रिलिज हुन्छ, दर्शक प्रतिक्षामा छ । अब, फिल्म कात्तिक ३ गतेबाट रिलिज हुने चर्चा छ । यो मितिमा अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’ पनि रिलिज हुने पक्का छ ।

यदि, यस्तो भएको खण्डमा नेपाली फिल्मकी पुरानी सुपरस्टार र नयाँ सुपरस्टारविच भिडन्त हुनेछ । यसले बक्स अफिसमा कस्तो प्रभाव पार्छ भन्ने टिप्पणी सुरु भएको छ ।

रेखासँगै फिल्ममा अभिनेता आर्यन सिग्देल पनि छन् । ‘कृ’सँग ‘रुद्रप्रिया’को भिडन्त भएको खण्डमा यो बर्षकै ठूलो भिडन्त हुने छ ।

For More videos Log on to Mazzako TV