फिल्म प्रचारका क्रममा कलाकारका विभिन्न खालका ‘नखरा’ देख्न पाइन्छ । फिल्म नगरीमा खासै हिट नभएपनि केही आइटम गीत हिट भएपछि मोडल माला लिम्बुको विभिन्न खालका व्यवहार देख्न सकिन्छ ।

माला अभिनित फिल्म ‘पर्व’ अहिले पनि केही हलमा लागिरहेको छ । तर, फिल्मको प्रचारका क्रममा मालाका केही ‘नखरा’ देखियो ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा मालाको एउटा यस्तै व्यवहार देखिएको थियो । उनलाई मिडियाले अन्र्तवार्ताका लागि गरेको आग्रहमा भन्दै थिइन्-‘म अन्र्तवार्ता दिन्नँ । मलाई मिडियामा कुरा गर्न नै मन लाग्दैनँ ।’

फोटो खिच्ने क्रममा पनि मालाले कपाल नमिलेको भन्दै पोज दिदादिदै छाडेर हिडेकी थिइन् । फिल्मको प्रचारकै क्रममा एक होटलमा यो फिल्मका सबै कलाकार भेला भएका थिए । माला लगायत सबै कलाकार एसी कोठमा थिए । तर, तस्बिर राम्रो नआएपछि हल बाहिर गएर तस्बिर खिचाउन फोटोग्राफरले आग्रह गरे । मालाको ‘नखरा’ त्यहाँ पनि देखियो । उनले ‘एसी’ कोठा नछाड्ने भन्दै फोटो खिच्न मानिनन् ।

मिडियाकर्मीहरु अहिले मालामा ‘नखरा’ धेरै बढेको बताउन थालेका छन् । २ वटा आइटम गीत हिट हुँदा त मालाको यस्तो अवस्था छ, २-४ वटा फिल्म नै हिट भयो भने के गर्लिन् ? बजारमा यस्तै सुन्न थालिएको छ ।

For More videos Log on to Mazzako TV