‘ह्वाट कुड वि द रिजन टु डाई ?’ यो प्रश्नको जवाफ दिन सजिलो छैन । मान्छे किन आत्महत्या वा मृत्यको बाटो रोज्छ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ, चलचित्रको माध्यमबाट ।

चलचित्रको नाम छ ‘आई ह्याभ अ रिजन टु डाई’ । मानिस विभिन्न कारणहरुले आत्महत्या गर्ला तर ति विभिन्न कारणहरु मध्येका केही कारणलाई चलचित्रको पर्दामा उतार्ने प्रयास गरिएको छ ।

आज काठमाण्डौ अनामनगर स्थित मण्डला थिएटरमा चलचित्र ‘आई ह्याभ अ रिजन टु डाई’को गीत सार्वजनिक मात्रै गरिएन चलचित्रका बारेमा विभिन्न जानकारी पनि गराईयो । यस चलचित्र बास्तविक घटनामाथी आधार बनाएर निर्माण गरिएको हो । चलचित्रको निर्देशन बिक्रम थापाले गरेका छन् ।

गीत संगीत सहितको पत्रकार सम्मेलनमा चलचित्रमा समावेश गीतहरु प्रत्यक्ष गाएर पनि सुनाईयो । चार वटा गीत रहेको यस चलचित्रमा अनुभुति गुरुङ्ग, विकेश के. शंकर, श्रीजे थपलिया, कुन्दन थापा, विक्की श्रेष्ठ लगायतका गायक गायिकाको आवाज रहेको छ । चलचित्रमा संगीत भने प्रतिक थापाले दिएका छन् ।

ब्ल्याक पर्ल मुभिका प्रस्तुती रहेको यस चलचित्रका सम्पुर्ण टोली नै नयाँ अनुहारहरु छन् । आफुहरु चलचित्र क्षेत्रका लागि नयाँ अनुहारहरु भएकाले सबैले माया र सहयोग गरिदिन निर्देशक बिक्रम थापाले सबैसँग अनुरोध गर ।

‘कुन लेभलसम्म मान्छेले टोलरेट गर्न सक्छ कुन लेभलमा पुगेपछि उ आत्महत्याका बाटो रोज्छ भन्ने कुरा हामीले चलचित्रमा देखाउन खोजेका छौ’, चलचित्रको वान लाईन स्टोरी बताउदै निर्देशक थापा भने ।

I have a reason 2

युवा वर्गप्रति लक्षित चलचित्र ‘आई ह्याभ अ रिजन टु डाई’ रोमान्टिक ट्रयाजिक सिनेमा हो । बैशाख १९ गते रिलिज मिति तोकिएको यस सिनेमामा मुख्य कलाकारहरुको रुपमा कृष्ण पराजुली र सुस्मिता ढकाल रहेका छन् ।

चलचित्रलाई निना थापा र अरुण लुईटेलले मिलेर बनाएका हुन भने यसका सह निर्माताहरुमा राजु महर्जन र चिरणजिवी तिम्सिना पनि रहेका छन् । चलचित्रलाई राजेश थापा, सन्दिप श्रेष्ठ, निरोज श्रेष्ठ, सन्तोष के कार्की मिलेर खिचेका हुन् । चलचित्रमा कथा मन्दिप गौतमको रहेको छ ।

अलनेपाल सहित अमेरिका र अष्ट्रेलियामा पनि चलचित्रको प्रर्दशन हुने जानकारी गराईएको छ । चलचित्रको वितरण जिम्मा नायक तथा निर्माता करण के्रजीले लिएका छन् ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका महासचिव प्रदिप उदय, पत्रकार शान्तिप्रिय, प्राविधिक संघका अध्यक्ष मनोज केसी, पत्रकार लक्ष्मण सुवेदी, समाजसेवी दिवस बाबु पुरी, कलाकार दयाहाङ्ग राई लगायतले चलचित्रलाई सफल्ताको शुभकामना दिए ।

For More videos Log on to Mazzako TV