अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौको क्यूज हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरियो ।

सुदर्शन थापाको कथा, पटकथा तथा संवाद रहेको यो फिल्मको ट्रेलरमा पूजा र पललाई मुख्य फोकस गरिएको छ । पल र पूजाको प्रेम, रोमान्स, विछोडको कथामा निकै आकर्षक ट्रेलर निर्देशक थापाले तयार पारेका छन् ।

कार्यक्रममा बोल्दे अभिनेता पल शाहले आफू बल्ल फिल्म क्षेत्रमा सिक्दै गरेको बच्चा भएको भन्दै सबैलाई साथ दिन आग्रह गरे । यस्तै, अभिनेत्री पूजा शर्माले पनि आफूहरुले मिहिनेतका साथ लभ स्टोरी कथामा फिल्म बनाएको भन्दै दर्शकले आफूलाइ ‘प्रेमगीत’मा दिएको जस्तै माया यसमा पनि दिने बताइन् । निर्देशक सुदर्शन थापाले आफूले अघिल्लो प्रोजेक्ट भन्दा अझ एक स्टेप माथि गएर स्तरिय फिल्म बनाएको दाबी गरे ।

कार्यक्रममा संगीतकार अर्जुन पोखरेल, गायकद्धय सुगम पोखरेल र प्रमोद खरेलले फिल्मका गीत गाएर सुनाएका थिए । फिल्ममा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नवि मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मा संजय लामाको छायांकन, पि्रतम पाण्डेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ । असार ३० गतेबाट यो फिल्म रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV