बलिउड डिभा जैकलिन फर्नान्डेज ‘कस्मोपोलिटियन’ मेगेजिनको कभरमा छाएकी छिन् । उनको यस कभर फोटोको निकै चर्चा भईरहेको छ । बिशेषत फोटोमा उनको ‘आउटफिट’को ‘कम्बो’लाई रुचाईएको छ । उनले डेनिम ज्याकेट र जिन्समा आफ्नो कामुक शरीरलाई शो गरेकी छिन् । रस्ट कलरको टप्समा ज्याकेटको कम्बिनेशन निकै मिलेको देखिन्छ ।

जैकलिन यतिबेला नायक सिद्धार्थ मल्होत्रासँग चलचित्र ‘अ जेन्टलमेन’मा काम गरिरहेकी छिन् । चाँडै उनको यो सिनेमा प्रर्दशनमा आउने बताईएको छ ।

For More videos Log on to Mazzako TV