श्रुति हसन बलिउड तथा दक्षिण भारतीय फिल्ममा ब्यस्त नायिका हुन् । उनिलाई बलिउडमा जति रुचाइएको छ, उतिनै दक्षिण भारतीय फिल्ममा समेत रुचाइन्छ । केहि दिन देखी उनै श्रुति सामाजीक संजालमा आलोचित भएकी छिन् । कारण थियो श्रुतिले ‘लिप जब’ गराएको । उनले प्लास्टिक सर्जरी गरेर ओठलाई केहि परिवर्तन गराइन । उनलाई आलोचना गर्नेहरूले उनका पछिल्ला फोटाहरू सेयर गर्दै ओठमा कहाँ कहाँ परिवर्तन देखिएको छ भनेर चिह्न लगाइ दिएका छन् । अति भए पछि श्रुतिले मुख खोलेकी छिन् ।

हालै एउटा अन्तरवार्ता दिने क्रममा उनले भनिन् ‘यो मेरो अनुहार हो, मेरो शरीर हो । आफ्नो शरीरलाई मैले जे गरे पनि यो कसैको चासोको विषय हैन । सामाजीक संजालमा मेरा बारेमा जे लेखुन् मलाई मतलब छैन । मैले हरेक प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन ।’

For More videos Log on to Mazzako TV