धुर्मुस सुन्तली फाउण्डेशनले गत सोमबार सार्बजनिक गरेको नमुना नेपालको एनिमेटेड भिडियो युट्युवको ट्रेन्डिङ वानमा आएको छ । उक्त भिडियो दुई दिनमै १ लाख ५२ हजार बढि पटक हेरिएको छ । फाउण्डेशनले निर्माण गर्ने नमुना नेपालको चित्रण १० मिनेट भित्र उक्त भिडियोमा अटाइएको छ । नमुना नेपाल यस्तो बन्ने छ :

धार्मिक, सांस्कृतीक, मनोरञ्जनात्कम खेल मैदान, रेल सेवा, सुन्दर वस्ती, पोखरी तथा हिमाल, पहाड र तराईको झल्को दिने प्रकृतिक सुन्दरताको चित्रण भिडियोमा छ । फाउण्डेशनको उक्त प्रोजेक्ट ५०० देखी एक हजार रोपनी जग्गामा फैलिने छ । अहिलेसम्म जग्गा जमिनको टुङ्गो भने लागिसकेको छैन् । फाउण्डेशनले सरकारले जग्गा नदिएपनि आफुहरु जसरी भएपनि परियोजना निर्माण गरिछाड्ने अडान प्रस्तुत गरेको छ ।  यसरी सार्वजनिक गरियो नमुना नेपाल :

For More videos Log on to Mazzako TV