अंग्रेजी फिल्म ‘एभ्रिबडिज फेमस’ को हिन्दी रिमेक ‘फेन्नी खान’ बन्ने खबर छ । ‘फेन्नी खान’मा १७ वर्षपछि अनिल कपुर र ऐश्वर्या रायको जोडीले रोमान्स गर्नेछ । उक्त फिल्मलाई अतुल मांजरेकरल ले राकेशनिर्देशन गर्नेछन् भने ओमप्रकाश मेहराले फिल्म निर्माण गर्नेछन् । ओमप्रकाशले मुम्बई मिररलाई दिएको एउटा अन्तरवार्ता दिने क्रममा यस्तो खुलासा गरेका हुन् । २०१७ को अन्त्य सम्ममा यस फिल्मको सुटिङ सुरु गर्ने बताइएको छ ।

ऐश्वर्या र अनिलकपुर दुवैले यो फिल्ममा हस्ताक्षर गरिसकेको उनको दाबी छ । फिल्म एउटा म्युजिकल कमेडी स्टारी मा बन्ने छ । ऐश्वर्याले कस्तो भूमिका निभाउने छिन् भन्ने गोप्य राखिएको छ । अनील कपुर बाबुको भूमिकामा हुनेछन् ।
यस अघि ऐश्वर्या र अनिलले जोडीलाई दर्शकले रुचाएका थिए, ‘फेन्नी खान’मा के होला ? फिल्म रिलिज पछि नै थाहा हुने छ ।

For More videos Log on to Mazzako TV