प्राय गीतमा ठूलो संख्यामा जनता देखाइन्छ । तर, निर्माता अर्जुन कुमारले भने निर्माणाधिन फिल्म ‘फाटेको जुत्ता’को एक दृश्यमा नै ७ सय क्राउड उपस्थित गराएका छन् । तराइको ४० डीग्री तापक्रममा छायांकन भैरहेको यो फिल्मको एक दृश्यका लागि ७ सय क्राउड जम्मा गरिएको अर्जुनको भनाई छ ।

फिल्मको यो दृश्यमा मुख्य कलाकार सौगात मल्ल र प्रियंका कार्की देखिएका छन् । निकेश खड्काको निर्देशनमा तयार भैरहेको कमेडी जनराको यो फिल्ममा बर्षा राउत, कामेश्वर चौरासिया, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

अर्जुनका अनुसार ७ सय जनतालाई एक ठाउँमा जुटाउन निकै गाह्रो भएको थियो । कात्तिकमा प्रदर्शन मिति तोकिएको फिल्मको सुरुवातदेखि अन्त्यसम्म दर्शक हाँस्ने अर्जुनको भनाई छ ।

For More videos Log on to Mazzako TV