अभिनेत्री स्वेता खड्काको निर्माणमा तयार हुन लागेको फिल्म ‘कान्छी’को छायांकन करिब डेढ महिना पछि सरेको छ । आकाश अधिकारीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा स्वेताको साथमा दयाहाङ राई, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

अभिनेत्री स्वेता खड्काले सिन्धुपाल्चोकको माझी बस्ती निर्माणमा अग्रसरता देखाएपछि फिल्मको काम प्रभावित भएको हो । झरीको मौसम सुरु हुन लागेकाले पहिला घर निर्माण गर्नुपर्ने भएको भन्दै स्वेताले फिल्म छायांकन साउनको दोश्रो सातासम्मलाई धकेलेकी हुन् । फिल्मका निर्देशक अधिकारीले लोकेशन समेत हेरिसकेका छन् ।

For More videos Log on to Mazzako TV