‘तारे भीर’ सह अभिनेत्री रेखा फागोले आफ्नो भूमिका महत्वपुर्ण रहेको बताएकी छिन् । उनले आफु बहिनीको भूमिकामा रहे पनि भर्सटायल भूमिका रहेको उनको भनाई छ । लेडिज द्धन्द्धमा आधारित फिल्म ‘तारेभीर’ असार २ गते बाट देशभर एकसाथ रिलिज हुदै छ । ‘तारेभीर’मा काम गर्नका लागि रेखाले एक वर्ष भन्दा बढि एक्सनको तयारी गरेको मज्जाको अनलाइनलाई बताएकी छिन् । त्यस्तै नायक नविन कार्की समेत एक्सनमा दमदार देखिएका छन् । कारण उनि समेत करातेका खेलाडी हुन् ।

फिल्ममा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मलाई प्रेम सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । डीके दिवानको निर्माणमा यो फिल्म तयार भएको छ । मज्जाको गफ :

For More videos Log on to Mazzako TV