समाचारको शिर्षक पढेर तपाइलाई रोचक लाग्न सक्छ । विवाहित आर्यनले कसरी डिभोर्सी अभिनेत्री रेखा थापाको सिउँदोमा सिन्दुर भरे होलान् । तर, तस्बिरमा तपाइले देखिरहनु भएको कुरा सत्य हो । अभिनेता सिग्देलले अभिनेत्री थापाको सिउँदो रंग्याएर चुम्बन गरेका छन् ।

प्रसंग हो, फिल्म ‘?द्रप्रिया’को । हाल बन्दिपुरमा धमाधम छायांकन भैरहेको यो फिल्मको एक दृश्यमा रेखाको सिउँदो आर्यनले सिन्दुरले भरेको तस्बिर सार्वजनिक भएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भैरहेको यो फिल्ममा आर्यन र रेखा मुख्य भूमिकामा छन् । यो तस्बिर बाहिरिएपछि, आर्यन र रेखाको फिल्म भित्र बिहे हुन्छ भन्ने वुझ्न लामो समय घोत्लन पर्दैन ।

करिब ८ बर्ष बोलचाल बन्द गरेपछि रेखा र आर्यनले एकसाथ फिल्ममा काम गरेका हुन् ।

For More videos Log on to Mazzako TV