अभिनेत्री संचिता लुइटेललाई दर्शकले फिल्म ‘राधा’ पछि फेरि पर्दामा देख्न पाउने भएका छन् । भदौ ३० गतेबाट रिलिज हुने फिल्म ‘राधा’को एक गीतमा संचिताले कम्मर मर्काएकी छिन् । लोक शैलीमा तयार भएको गीतको भिडियोमा संचिता र कलाकार राज कटुवाललाई देख्न सकिन्छ ।

लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतमा कमल राईले कोरियोग्राफी गरेका छन् । सिक्किम र दार्जलिङका बिभिन्न लोकेसनमा छायाँकन गरिएको यो गीतको भिडियोलाई आकर्षक बनाउन मिहिनेत गरिएको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

सीपी पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बस्नेत, विमला घिमिरे निर्माता छन् । फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV