बलिउड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘ट्यूबलाइट’ को ‘नाच मेरी जाँ’ बोलको गीत रिलीज भएको छ । अमिताभ भट्टाचार्यले लेखेका यो गीतमा प्रीतमको संगीत छ । गीतमा सलमान र सोहेललाई मज्जाले कम्मर मर्काइरहेको देख्न सकिन्छ । गीतमा दाजुभाइको आत्मीयता र प्रेमलाई झल्काइएको छ । यस गीतमा कमाल खान, नक्ष अजीज, देव नगी र तुषार जोशीले स्वर दिएका छन् । यसअघि नै फिल्म ‘ट्यूबलाइट’को ‘रेडियो संग’ गीत रिलीज भएको थियो ।

फिल्म ‘ट्यूबलाइट’ मा सलमानले लक्ष्मण सिंहको भूमिका निभाएका छन् । सोहेल भने आर्मी जवान भरतको भूमिकामा देखिएका छन् जसले सलमानलाई आफूप्रति विश्वास गर्न प्रेरित गरिरहन्छन् । इदमा रिलिज हुने ‘ट्युवलाइट’ एक था टाइगर र बजरंगी भाईजानपछि निर्देशक कबीर खान र सलमानको तेस्रो प्रोजेक्ट हो ।

For More videos Log on to Mazzako TV