अभिनेत्री नीता ढुंगानालाई ‘लक्की’ अभिनेत्री भन्दा फरक नपर्ला । तपाइलाई थाहा नै होला, नीताका फिल्म केही बर्षयता चलेका छैनन् । सबै फिल्म एकपछि अर्को असफल भएपनि उनलाई फरक परेको छैन । नीता हाल अष्ट्रेलियामा छिन् ।

अष्ट्रेलियामा पुगेकी नीता केही दिनमै फर्किनेछिन् । तर, उनले बताएअनुसार उनी डेढ महिनापछि फिल्म छायांकनका लागि अष्ट्रेलिया नै पुग्नेछिन् । नीताले काम गर्न लागेको फिल्मको बारेमा भने केही पनि खुलाएकी छैनन् ।

उनले हालैमात्र फिल्म ‘करोडपति’मा काम गरेकी थिइन् । भारतीय कलाकार राजपाल यादव र अभिनेता आर्यन अधिकारीको साथमा यो फिल्ममा उनले काम गरिन् ।
फिल्म असफल भएपनि नीता नेपाली फिल्म र म्यूजिक भिडियोमा उस्तै व्यस्त छिन् । उनकी नजिककी साथी अनु शाह फिल्म क्षेत्रबाट हराइसकेकी छिन् । नीतालाई भने ‘लक’ गजबले नै लागेको छ ।

For More videos Log on to Mazzako TV