नेपाली फिल्मले अहिले फरक–फरक कथा बोल्न थालेका छन् । साउन २० गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘भूइमान्छे’ले पनि अहिले यस्तै एक कथालाई उठान गरेको छ ।
शव पोष्टमार्टम गर्ने एक व्यक्तिको कथालाई यो फिल्मले उठान गरेको छ । मुर्दा घरमा दैनिक शवको पोष्टमार्टम गर्ने एक व्यक्तिको कथामा बनेको यो फिल्मले उनको दुख, संघर्षलाई बोल्नेछ ।

फिल्मको मुख्य भूमिकामा रमेश बुढाथोकी देखिएका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा उनले यो कथामा काम गर्दा सुरुमा गाह्रो भएपनि पछि सहज लागेको बताए । यसका लागि आफूले खुबै मिहिनेत गरेको पनि उनले सुनाएका छन् ।

चलचित्र ‘भूईमान्छे’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र साउन २० गतेबाट रिलिज हुनेछ । कार्यक्रममा फिल्मको टिजर र अडियो  सार्वजनिक गरिएको थियो ।
नवराज वुढाथोकीको निर्देशनमा तयार भएको फिल्ममा रमेश बुढाथोकीको साथमा सिपोरा गुरुङ, साहिन प्रजापति, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । फिल्मका कार्यकारी निर्माता रोहिनी भट्टराइले एक गहन बिषयमा फिल्म बनाएको बताएका थिए ।

For More videos Log on to Mazzako TV