बलिउड अभिनेत्री सोनाक्षी सिन्हा सलमान खान अभिनित फिल्म ‘दबंग’ वाट करिअर सुरु गरेकी हुन् । उनै ‘दवंग गर्ल’ सोनाक्षी ३० वर्षमा लागेकी छिन् । २ जुन सन् १९८७ मा बिहारको राजधानी पटनामा जन्मेकी सोनाक्षी बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् ।

पहिलो फिल्मबाटै दर्शकको मन जितेर लोकप्रिय भएकी सोनाक्षीका पछिल्ला केही फिल्म असफल समेत भए । फिल्मी करिअर सुरु गर्नु अघि उनी निकै मोटी थिइन् । फिल्म ‘दबंग’ मा काम गर्ने क्रममा सलमानले उनलाई तौल घटाउन सल्लाह दिएका थिए । लगत्तै उनले ३० किलो तौल घटाएकी थिइन् । स्विमिङ र ब्यायमका कारण तौल घटाएकी सोनाक्षीले पहिलो फिल्मबाटै ‘फिल्मफेयर अवार्ड’ पाएकी थिइन् ।

For More videos Log on to Mazzako TV