असार २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मन्दिरा’को सम्हालु कसरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपेश सापकोटाको कथा तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मको पत्रकार सम्मेलनको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
एउटै घर भित्र छायांकन भएका कारण पनि यो फिल्म चर्चामा छ । निर्देशक सापकोटाले पत्रकार सम्मेलनमा फिल्मले श्रीमान् र श्रीमतिको सम्बन्धमा नयाँ पुरुषको आगमन हुँदा घर विग्रने कथालाई फिल्ममा उतारेको जानकारी दिए ।

फिल्ममा नरेन खड्का, जेवीडीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगाना लगायतका कलाकारको यो फिल्ममा अभिनय छ । भट्ट एन्ड सन्सको प्रस्तुतीमा तयार भएको यो फिल्मका प्रस्तुतकर्ता हरि भट्ट हुन् ।

For More videos Log on to Mazzako TV