जन्मदिनको अवसर पारेर चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियको पहिलो आधुनिक एल्बम ‘अधर’ सार्वजनिक भएको छ । बिहिबार गीतकार प्रियले आफ्नो जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि एल्बम सार्वजनिक गरेका हुन् । कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, बसुन्धरा भुषाल, साहित्यकार डाक्टर नवराज लम्साल, निर्देशक मोहन निरौला, चलचित्र संघका अध्यक्ष प्रदिप उदय, निर्देशक मोहन निरौला लगायतले एल्बमको बिमोचन गरेका थिए ।

गीतकार शान्तिप्रियको ‘अधर’ एल्बममा ५ गीत समावेश छन् । कार्यक्रममा ३ वटा गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरियो । गीतकारले निरन्तर आफ्ना विभिन्न खालका रचना बजारमा ल्याइरहने बताए । यो एल्बममा ‘म त माया गर्ने मान्छे, म न नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दुरी चल्यो, याद तिम्रो’ लगायतका गीत समावेश छन् ।

अर्जुन पोखरेल, सन्तोष श्रेष्ठ, दीपक शर्माको संगीत रहेको एल्बममा प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल, युवराज चौलागाइको स्वर छ ।

For More videos Log on to Mazzako TV