बलिउड नायिका सन्नी लियोनले विमान दुर्घटना हुनबाट बचेको जानकारी दिएकी छिन् । उनले ट्वीटरमा एक भिडियो सेयर गर्दै दुर्घटना हुनबाट बच्न सफल भएको जानकारी दिएकी हुन् । भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुनबाट बचेको हो ।

सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।

For More videos Log on to Mazzako TV