बलिउड फिल्म ‘किक’ मा एक साथ काम गरेका सलमान खान र ज्याकलिन फर्नाडिस फेरी एक पटक अनस्क्रिन रोमान्स गर्ने भएका छन् । एबिसिडी ३ मा सलमान र ज्याकलिन मुख्य भुमिकामा काम गर्ने भएका हुन् । बाबु र छोराको सम्बन्धको कथामा बन्ने यस फिल्ममा नृत्यलाई नै प्रस्तुत गरिने भएको छ ।

यस फिल्ममा सलमान १३ वर्षकी बच्चीको बुबाको भुमिकामा रहने छन् । फिल्ममा ज्याक्लिन भने सलमानको डान्स टिचर हुने छिन् । ज्याकलिन आफैंमा राम्रो डान्सर भएकाले पनि उनको भुमिका फिल्ममा विषेश हुने भएको हो ।

For More videos Log on to Mazzako TV