आशुषेन फिल्मस्को ब्यानरमा नयाँ फिल्म बन्ने भएको छ । ‘प्रेमगीत २’को प्रदर्शन अगावै यो फिल्मको घोषणा गरियो । फिल्म ‘प्रेमगीत २’ रिलिज पश्चात मात्र छायांकनमा जानेछ ।

तत्कालिन नारायणहिटी दरबार भित्र जेठ १९ गते भएको दरबार हत्याकाण्ड र हत्याकाण्डका आरोपी तत्कालिन यूवराज दीपेन्द्र विरविक्रम शाहको प्रेम कथामा यो फिल्म बन्नेछ ।
अर्धमृत अवस्थामै १३ औ राजा बनेका दीपेन्द्र विर विक्रम शाहको प्रेम कथामा आधारित रहेर यो फिल्मको कथा तयार हुनेछ । २९ बर्षको उमेरमा सन् २००१ को जुन ३ मा दीपेन्द्रको निधन भएको थियो ।

फिल्मका निर्माता सन्तोष सेनका अनुसार दीपेन्द्रको प्रेम कथामा आधरित रहेर फिल्मको कथा तयार हुनेछ । फिल्मको बजेट ५ करोड ५० लाख हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर फिल्मको कथा तयार पारिनेछ । निर्माणपक्षले यो पुस्तकको अधिकार पनि किनिसकेका छन् ।

वि.सं २०७५ को जेठ १९ गतेलाई यसको प्रदर्शन मिति तोकिएको छ । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने फिल्मका निर्देशक, अन्य कलाकार पक्का गरिएको छैन ।
कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले फिल्मका लागि आफूले तौल समेत बढाउने बताए ।

For More videos Log on to Mazzako TV