फिल्म चलेन भने दोष सबै कलाकारमा जान्छ । फिल्म चल्यो भने पनि सबै प्रशंसा कलाकारकै भागमा जान्छ । यसैले, कलाकारहरु आफू अभिनित फिल्मको व्यापार राम्रो होस् भन्ने चाहन्छन् ।

अभिनेत्री बर्षा सिवाकोटी पनि अहिले फिल्म ‘कारखाना’को लागि दौडधुपमा छिन् । कारण, यो फिल्म उनको भरोसामा छ ।
असार १६ गतेबाट रिलिज हुने यो फिल्म नचलेको खण्डमा बर्षालाई फिल्म क्षेत्रमा गाह्रो पर्न सक्छ । उनी अभिनित फिल्महरु ब्याक टू ब्याक नचलेको अवस्थामा बर्षा ‘कारखाना’बाट आशावादी छिन् ।

सुशिल श्रेष्ठ र उनको जोडी पर्दामा रुचाइने विश्वास उनको छ । उनी अब प्रचारमा आफुहरु आफै लाग्ने बताउँछिन् ।

For More videos Log on to Mazzako TV