गायक कायम दहालको ‘सबैको बिचमा माया’ बोलको पप गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत घनश्याम आचार्यको रहेको उक्त भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । कायमसंगै उषा आचार्य फिचरिङमा रहेकी छिन् । भिडियोलाई कोरियोग्राफी र निर्देशन समेत उसा आचार्य ले नै गरेकी हुन् ।


निकै मनोरम दृष्य समेटिएको भिडियो रोमान्टिक बनेको छ । ‘सबैको बिचमा माया’ गीतको संगीत संयोजन भने राजेश घिमिरेले गरेका छन् । नमित चन्द ठकुरीले खिचेको भिडियोको रुपेश खड्का सम्पादक हुन् । भिडियो हेर्नुस :

For More videos Log on to Mazzako TV