अमेरिकाको कोलम्बसमा आयोजना गरिएको ‘कपल नाईट 2017 ‘मा गायक तथा नायक बाबु बोगटीले धमाकेदार प्रस्तुती दिएका छन् । बिशेषत: प्रेमील जोडीहरुको मात्रै सहभागीता रहेको सांगीतिक कार्यक्रममा बाबुले आफ्ना नयाँ पुराना गरेर करिब दर्जन बढी गीतहरु प्रस्तुत गरे ।

‘सान्ननी’, ‘तुलसी’, ‘जमुना’, ‘साली ओ साली’, ‘बाटो फराकिलो’, ‘जब साँझ पर्छ’, ‘कान्छी मोरिले’ लगायत गीतहरुमा उपस्थित जोडीहरुले मज्जाले कम्मर मर्काएका थिए ।

कार्यक्रममा बाबुका अलावा ढकाल ब्रर्दश, एन के बर्दश, रमेश कँडेल लगायतले आफ्ना हिट गीतहरुले सबैको मन जिते भने  युट्युबमा ‘बिशाल उप्रेती सो’ बाट चर्चित बनेका डान्सर बिशाल उप्रेती र उनको समुहको डान्स पनि निकै लोभलाग्दो थियो ।

‘ग्राड ब्रोज’ र ‘बि एन सि सि’ को संयुक्त आयोजनामा फ्युनरल होम्स स्थापनार्थ गरिएको बिशेष सांगीतिक कार्यक्रम सोचेभन्दा सफल भएको आयोजक संस्थाले मज्जाको आनलाईनलाई जानकारी गराएको छ ।  आगामी दिनमा पनि अमेरिकामा रहेका नेपालीभाषीहरुबीच एकता र भातृत्वलाई जोड्ने अन्य कार्यक्रमहरु लिएर आउने आयोजकले बताएको छ ।

तस्वीर – गोविन घिमिरे

For More videos Log on to Mazzako TV