बलिउड अभिनेत्री अनुष्का शेट्टी ‘बाहुबली’को चर्चासंगै निकै चर्चामा छिन् । करिब ८ वर्ष पहिले बनेको तेलुगु फिल्म ‘बिल्ला’ मा समेत पहिलो पटक प्रभास र अनुष्काको जोडी बाँधिएको थियो । यसपश्चात २०१३ मा आएको फिल्म ‘मिर्ची’ मा समेत उनीहरु सँगै देखिएका थिए ।

अहिले ‘बाहुबली’ अनुष्का अभिनेता प्रभाससँग नाम जोडिँदा निकै तनावमा रहेको खबर बाहिर आएको छ । प्रभासंग आफ्नो अफेयरको हल्ला ‘बाहुबली’ टिमकै कुनै सदस्यले फैलाएको अनुष्काको भनाइ छ । मिडियामा प्रभासले फिल्म ’बाहुबली’ कै निम्ति अनुष्काको बिहे २ वर्षदेखि रोकेर राखेको बताईएको थियो । विवाहको विषयमा बोल्दै अनुष्काले भनिन्, ‘म यदी कुनै कलाकारसँग काम गरेँ भने मेरो नाम उसैसँग जोडिन्छ ।’ प्रभास र अनुष्का चाँडै अर्काे बलिउड फिल्म ‘साहो’ मा देखिने संभावना छ । यो फिल्ममा हिरोइनका लागि सबैभन्दा अगाडि कैटरीना कैफको नाम अगाडि आएको थियो तर केही कारणले उनले यो फिल्ममा काम गर्न सकिनन् ।

For More videos Log on to Mazzako TV