फागुण ४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘ब्रेकअप’को निर्माण टिमले अभिनेता आशिरमान देशराज जोशीलाई अनुवन्धित गरेको छ । उनलाई फिल्ममा १५ लाख पारिश्रमिक दिएर अनुवन्धित गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

हेमराज वीसीले निर्देशन गर्ने यो फिल्मका अन्य कलाकार फाइनल गरिएको छैन । अभिनेतालाई १३ लाख पारिश्रमिक, १ लाख पहिरनका लागि र १ लाख फिल्म हिट भएपछि दिनेगरि संझौता गरिएको हो ।

आशिरमानले फिल्मको कथावस्तु उत्कृष्ट लागेकाले आफूले काम गर्न लागेको बताए । यो फिल्मको छायांकन चाडै नै सुरु हुनेछ । रोहित अधिकारी, दीपक खतिवडा र रुपक थापाले मिलेर यो फिल्म बनाउन लागेका हुन् ।

For More videos Log on to Mazzako TV