अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र गायिका साधना सरगमका फ्यानहरुका लागि खुशीको खबर । यी दुबैलाई तपाइले अब एउटा गीतमा सुन्न र हेर्न सक्नुहुन्छ ।

भदौ १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर २’मा समावेश ‘किनिदेउन साहिला दाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा चर्चित पाश्र्व गायिका साधना सरगमको स्वर छ । भिडियोमा फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले नृत्य गरेकी छिन् । कविराज गहतराजको यो गीतको भिडियोमा कोरियोग्राफी छ । सुनिल कुमार थापा प्रोडक्शनले निर्माण गरेको फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

फिल्ममा साम्राज्ञीको साथमा नव-अभिनेता सलिनमान बाँनियाको मुख्य भूमिका छ । फिल्मको शिर्ष गीतको भिडियोले चर्चा पाइसकेको छ । मारुनी गीतमा साम्राज्ञीले नेपाली पहिरन लगाएकी छिन् ।

For More videos Log on to Mazzako TV