प्रचारमा अभिनेता ए गुरुङ र अभिनेत्री मेनुका प्रधानलाई खासै अगाडि ल्याइएको थिएन । तर, हलबाट फिल्म हेरेर निस्किएका दर्शकले भने यही जोडीलाई खोजेका छन् ।

जेठ १२ गतेबाट रिलिज भएको फिल्म ‘हिटलर’का मुख्य कलाकार मेनुका प्रधान र ए गुरुङको कामलाई दर्शकले रुचाएको निर्देशक सौरभ ढकालले बताएका छन् । साथै, उनले फिल्म हेर्नेले अभिनेता सोहित मानन्धरको नयाँ अवतारलाई पनि मन पराएको बताए ।

फिल्मको व्यापार शुक्रबार ५० प्रतिशतको आसपासमा रहेकोमा शनिबार ७० प्रतिशतको सेरोफेरोमा रहेको ढकालको भनाई छ । उनले, लोचन घिमिरेले संगीत गरेका फिल्मका गीतलाई पनि दर्शकले रुचाएको बताए ।

नामकै कारण चर्चामा रहेको यो फिल्ममा नव-अभिनेत्री सामिया बर्तौलाको पनि मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV