जेठ १९ गते शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रदर्शन मिति पछि सारेको छ । स्थानिय निकायको निर्वाचन र त्यसपछि कमजोर हुँदै गएको नेपाली फिल्मको व्यापारलाई मध्यनजर राख्दै फिल्मको प्रदर्शन मिति सारिएको हो ।

अब, यो फिल्म भदौ ३० गतेबाट रिलिज हुने भएको छ । निर्देशक नितिन चन्दका अनुसार, ३ महिना पछि सारेर फिल्मको प्रचारलाई अझ गति दिन लागिएको हो ।

पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको यो फिल्मले खराब यूवकबाट जेन्टलम्यान बनेको एक यूवकको कथालाई उठान गरेको छ ।

For More videos Log on to Mazzako TV